बरुवामा जारी २४औं स्टार कप फुटबल प्रतियोगिता २०७५ अन्तरगत आज छैठौं, दिन दोश्रो चरणका दुईवटा खेलहरु सम्पन्न भएका छन् ।
आजको पहिलो खेल दिउँसो १:३० बजे गतबर्षको स्टार कप विजेता बसन्तपुर युनाइटेड क्लब ए र नेपाल बोटे समाज बनकट्टाबिच भएकोमा बसन्तपुर युनाइटेड क्लब ५–३ गोलअन्तरसहित बिजयी भएको छ । खेलको म्यान अफ द म्याच बसन्तपुर युनाइटेडका लागि ह्याट्रिक गर्न सफल सुरज लामिछाने हुनुभएको छ । त्यसैगरी दोश्रो खेल इन्टर मिलान क्लब, लक्ष्मुनियाँ र स्टार स्पोर्टस्को भेट्रान टिमबिच दिउँसो ३:३० बजे पछि भएकोमा निर्धारित अवधीमा २–२ गोलको बराबरी भएपछि टाइब्रेकरमा ५–४ गोलअन्तरसहित स्टार स्पोर्टसको भेट्रान टोली बिजयी भएको छ । सो खेलको म्यान अफ द म्याच स्टार स्पोर्टसको भेट्रानका गोलकिपर महेन्द्र चौधरी घोषित हुनुभएको छ ।
प्रतियोगिता अन्तरगत भोलि सातौं दिन दोश्रो चरणका २ वटा खेलहरु सञ्चालन हुनेछन् । पहिलो खेल १:३० बजे दियो क्लब, माडी र ज्ञानज्योति युवा क्लब भैरवपुरका बिच तथा दोश्रो खेलमा दिउँसो ३:३० बजे चिरौली युनाइटेड क्लब ए र चैनपुर फुटबल क्लब ए बिच प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिताको प्रथम, दोश्रो र तेश्रो पुरस्कार शिल्ड मेडल र प्रमाणपत्रसहित क्रमशः ७५ हजार ५ सय ५५, ३७ हजार ५ सय ५५ र १० हजार रहेको छ । त्यसैगरी बेष्ट किपर, बेष्ट डिफेन्स, बेस्ट मिडफिल्ड, बेस्ट स्ट्राइकर, उत्कृष्ट खेलाडी, हाइ स्कोरर तथा म्यान अफ द म्याचलाई पुरस्कृत गरिने छ । प्रतियोगिताको सहयोगी संस्था माडी नगर युवा खेलकुद तथा साँस्कृतिक समिति रहेको छ भने आधिकारिक मिडिया स्वदेस एफ. एम. ९३.२ मेगाहर्ज रहेको छ ।