स्वदेशपोष्ट विशेष

नगरपालिकाकाे सेवा भरपर्दो बनाउन प्रमुख प्रशासकीय अधिकृत कँडेलकाे निर्देशन

माडी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रुपमा हालै जिम्मेवारी सम्हाल्नुभएका हरिदत्त कँडेलले कर्मचारीहरुलाई मुस्कान सहितको सेवा प्रवाह भरपर्दो बनाउन निर्देशन दिनुभएको छ ।

माडी नगरपालिकाको नियमित बैठक अन्तरगत आइतबार सम्पन्न कर्मचारी बैठकमा प्रशासकीय अधिकृत कँडेलले मुस्कान सहितको सेवा प्रवाह भरपर्दो बनाउन, सेवाग्राहीहरुलाई छिटो छरितो सेवा प्रदान गर्न र नगरपालिकाको सेवा प्रवाहमा कुनै कसर बाँकि नराखी काम गर्न निर्देशन दिनुभएको हो । नगरपालिकाका कर्मचारीहरुले समयको ख्याल गर्नुपर्ने, कार्यालयलाई हानी वा सेवाग्राहीहरुलाई असहज हुनेगरी बिदा बस्न नहुने समेत उहाँको आग्रह थियो ।

यस अघि नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा रहनुभएका कृष्ण प्रसाद जैसी सरुवा भई बिदाई भएसंगै कँडेलले जिम्मेवारी सम्हाल्नुभएको हो । जैसीलाई शुक्रबार नगरपालिकाले एक संक्षिप्त कार्यक्रमसहित बिदाई गरेको थियो ।

तपाईको प्रतिक्रिया

ताजा समाचार