स्वदेशपोष्ट विशेष

इ.प्र.का माडीद्वारा ट्राफिक सचेतना अभियान तिब्र

इलाका प्रहरी कार्यालय माडीद्धारा ट्राफिक  सचेतना अभियानलाइ तिब्र पारिएकाे छ । ट्राफिक सचेतनाका अभियानका क्रममा बुधबार बजार तथा गाउँ क्षेत्रमा माइकिङ गरिएको छ । माडीका मुख्य मुख्य बजारहरु बसन्तपुर, कल्याणपुर सिधुवा, रमाइलोडाँडा लगायतका क्षेत्रमा माइकीङ गरिएको इलाका प्रहरी कार्यालय माडीले जनाएको छ । मादक पदार्थ सेवन गरि सवारी चलाउने, तिब्र गतिमा मोटरसाइकल चलाउने, हेलमेट नलगाई तथा लाइसेन्स ब्लुबुक साथमा नलिई मोटरसाईकल चलाउने तथा मोटरसाइकलमा दुइभन्दा बढि यात्रा गर्नेहरुलाई सचेत गराउन बजार तथा गाउँ क्षेत्रमा माइकिङ गरिएको प्रहरी नायब निरिक्षक उमेश कोइरालाले स्वदेश एफ.एमलाई जानकारी दिनुभयो ।

त्यस्तै, चाडपर्व नजिकिँदै गर्दा ईलाका प्रहरी कार्यालय माडीले मादक पदार्थ सेवन, हेलमेट र सवारी चालक अनुमती पत्रलगायत कागजातहरुको चेक जाँचलाई कडाइका साथ लागु गरेको छ । सवारी सुरक्षालाई मध्यनजर गर्दैे इलाका प्रहरी कार्यालय माडीले, माडीका विभिन्न स्थानमा निरन्तर छड्के चेकजाँच गर्ने कार्यलाई निरन्तरता दिएको छ ।

तपाईको प्रतिक्रिया

ताजा समाचार