बाघ गैंडा समन्वय समितिको त्रैमासिक बैठक माडीमा सम्पन्न

318
SwadeshPost

संरक्षणको भाव आफैमा जगाऔं भन्ने नारासहित बाघ गैंडा समन्वय समितिको त्रैमासिक बैठक साेमबार सम्पन्न भएको छ । रेवा मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष शिव बहादुर कार्कीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा माडी उपत्यकाका १० वटै मध्यवर्ती सामुदायिक बन उपभोक्ता समूह, मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष, चितवन राष्ट्रिय निकुञ्ज र तराई भू-परिधि कार्यक्रम (ताल) का प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा माडीमा क्रियाशील १५ जना बन हेरालुहरुलाई खाजा खर्चबापत प्रतिव्यति १८ सय रुपैंयाको दरले रकम वितरण गरिएको थियो । त्यसैगरी निकुञ्ज र सामुदायिक बन क्षेत्रमा बाघ र गैंडाको पछिल्लो अवस्थाबारे बिस्तृत छलफल भएको थियो । तराई भू-परिधी कार्यक्रम (ताल) को सहयोगमा आयोजित सो कार्यक्रम रेवा मध्यवर्ती उपभोक्ता समितिको आयोजनामा समितिको कीर्तनपुरस्थित सभाहलमा सम्पन्न भएको हो ।

SwadeshPost