स्वदेशपोष्ट विशेष

माडीमा सिलाई कटाई मेसिन र ईन्टरलक मेसिन वितरित

माडी नगरपालिका महिला समन्वय समिति मार्फत विनियोजित बजेटबाट आज शुक्रबार एक कार्यक्रमका बिच प्रति वडा तीन जना महिलाका लागि तीन थान सिलाई कटाई मेसिन र एक थान ईन्टरलक मेसिन अनुदान स्वरूप वितरण गरिएको नगरपालिकाले जनाएको छ ।

यसैबिच, माडी नगरपालिका वडा नं. ५ को सहयोगमा शुक्रबार एक कार्यक्रमबिच आधारभुत विद्यालय ब्रह्मपुरीका विद्यार्थीहरूलाई न्यानो लुगा वितरण गरिएको छ । वडा नं ५का वडाध्यक्ष तथा वडा सदस्यहरूको सक्रियता तथा सहयोगमा सम्पन्न कार्यक्रममा नगर प्रमुख ठाकुर प्रसाद ढकाल, नगर उपप्रमुख ताराकुमारी काजी महतो, प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कंडेल तथा वडा नं पाँचका वडाध्यक्ष रामबन्धु पोखरेल लगायतले विद्यार्थीहरूलाई न्यानो लुगा वितरण गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

ताजा समाचार