शिक्षा खबर पोष्ट

दिवाकर स्मृति विद्यालयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

दिवाकर स्मृति विद्यालय रमाइलोडाडाँको ४७ औँ बार्षिकोत्सब तथा अभिभावक दिवसको अबसरमा विद्यालय तथा सेवा क्षेत्र खानेपानी, सरसफाई तथा स्वच्छता सम्बन्धी अन्तरक्रिया कार्यक्रम आज बुधबार सम्पन्न भएको छ ।

विद्यालयको खानेपानी तथा स्वच्छता समितिको आयोजनामा विद्यालयलाई टु स्टार बनाउने योजना लक्षित गरी सो कार्यक्रम आयोजना गरिएको विद्यालयले जनाएको छ । कार्यक्रममा चितवन जिल्ला शिक्षा विकास तथा समन्वय ईकाई तथा विद्यालय खानेपानी स्वच्छता कार्यक्रम प्रमुख जानकी बराल, बघौंडा मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष प्रभुप्रसाद महतो, सिप नेपालकी अध्यक्ष ईन्दिरा वि.क., माडी नगरपालिका वडा नं. ८ का वडाध्यक्ष कृष्णराज अधिकारी, नमुना बालविकाक केन्द्रकी शिक्षिकाको सोमा पन्त लगायतले सरसफाई र स्वच्छताका बिभिन्न बिषयमा मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओवनाथ पाण्डे, विद्यालयका प्रधानाध्यापक ऋषिराम काफ्ले, सहायक प्रधानाध्यापक जनकराज भुसाल र विद्यालयका कोर्डिनेटर नारायण दुवेसंगै विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

ताजा समाचार