स्वदेशपोष्ट विशेष

सामुहिक सिलाई कटाई केन्द्रको उद्घाटन

माडी नगरपालिका महिला समन्वय समितिको आयोजनामा माडी नगरपालिका वडा नं. १ र २ मा सामुहिक सिलाई कटाई केन्द्रको उद्घाटन भएको छ ।

महिला समन्वय समितिकी अध्यक्ष कोपिला सिवाकोटीको अध्यक्षतामा बरुवा बजारमा सम्पन्न कार्यक्रममा वडा नं. १ र २ का वडाध्यक्ष क्रमशः कृष्ण पौडेल र ईश्वरी ढकालले सामुहिक सिलाई कटाई केन्द्रको व्यानरमार्फत उद्घाटन गर्नुभएको हो । बरुवा बजारमा सञ्चालित दुबै केन्द्रमा ३/३ जना महिलाको सहभागिता रहेको छ । अति बिपन्न समुदायलाई आयआर्जनका निम्ति सिलाई कटाई केन्द्र स्थाजना गरिएको र यो कार्यक्रम माडीका अन्य वडाहरुमा पनि सञ्चालन हुने महिला समन्वय समितिकी अध्यक्ष कोपिला सिवाकोटीले जनाउनुभयो ।

तपाईको प्रतिक्रिया