मध्यपूर्वी माडीको दिवानगरस्थित रेवा त्रिवेणी धाम दिवानगरमा बृद्धाश्रम र जलबाराही मन्दिर निर्माणका लागि सञ्चालन गरिएको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ तथा मकर संक्रान्ति उत्सव २०७५ को आयव्यय विवरण सार्वजनिक गरिएको छ ।
सार्वजनिक गरिएको आयव्यय विवरण अनुसार महायज्ञमा कुल १९ लाख ८ हजार २ सय ५६ रुपैया आय भएको छ । कुल आयमध्ये ७ लाख ६६ हजार ६३१ रुपैंया नगद मौज्दात तथा ५ लाख ४५ हजार ५५० रुपैंया बराबरको जिन्सी सामान रहेको पनि जनाइएको छ । त्यसैगरी कुल ५ लाख ९६ हजार ७५ रुपैंया व्यय भएको छ । त्यसमध्ये साउण्ड सिस्टम र टेन्टका लागि १ लाख, दान दक्षिणामा १ लाख ३५ हजार ५००, रामनामी दोसल्लाका लागि ४२ हजार ३००, पर्चा पम्प्लेट फ्रेम र सम्मान पत्रमा ७४ हजार १५०, मिडिया खर्च १६ हजार ५००, फ्लेक्स प्रिन्टका लागि १५ हजार ५००, मन्दिर वाइरिङका लागि २४ हजार ४०, जेनेरेटर डिजल खर्च ८ हजार ३००, भलिबलको पुरस्कार र यातायात खर्च गरी कुल २८ हजार, पूजा सामग्रीका लागि ९ हजार ३००, धारो निर्माणमा ८ हजार, -यालीका लागि इन्धनमा १२ हजार ३००, उद्घाटनको पञ्चेबाजामा ५हजार, कापी कलम र गौदान खर्च २ हजार १८५ र खाना खर्चमा १ लाख १४ हजार खर्च भएको सार्वजनिक गरिएको हो ।
रेवा त्रिवेणी क्षेत्रलाई रेवा त्रिवेणी धामका रुपमा विकास गरी धार्मिक एवं पर्यटकीय क्षेत्रका रुपमा चिनाउन बृहत् माघी मेलासंगै श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ तथा मकर संक्रान्ति उत्सव २०७५को आयोजना गरिएको थियो । आचार्य युवा पण्डित सुदर्शन सुवेदीद्वारा वाचन गरिएको सो महायज्ञको आधिकारिक मिडिया स्वदेश एफ.एम. ९३ थोप्लो २ मेगाहर्ज रहेको थियो ।




