

पर्यटनमन्त्री
रविन्द्र अधिकारीको अकल्पनीय देहावसान भएसंगै माडीसंगै देशैभर उहाँको
स्मरण गर्दै शोक सन्देश तथा श्रद्धाञ्जली व्यक्त भइरहेको छ । हेलिकोप्टर
दुर्घटनामा परी मन्त्री अधिकारीसहित ७ जनाको मृत्यु भएकोमा सामाजिक सञ्जाल
प्रयोगकर्ताहरुले शोक टिप्पणी लेखिरहेका छन् ।
माडी उपत्यकामा
स्वर्गिय पर्यटन मन्त्रीलाई देशभरको १०० वटा पर्यटकीय गन्तव्यको सुचीमा
माडीको सोमेश्वरगढीलाई समेट्ने व्यक्तित्वका रुपमा
विशेष स्मरण गरिएको छ । मन्त्री अधिकारीकै जोडबलमा नेपाल सरकारको संघीय
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गत कार्तिक १६ गते माडीको
सोमेश्वरगढीलाई देशका एक सयवटा पर्यटकीय गन्तव्यहरुको सुचीमा समावेश गरेको
थियो ।
यसैबिच, नेकपाका नेता समेत रहनुभएका अधिकारी लगायत सात
जनाको ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परीे निधन भएकोमा माडी नगरपालिकाले
शोक व्यक्त गरेका छ । त्यसैगरी नेकपा नेता डि.आर. पौडेलले दिवंगत
अधिकारीलाई नेपाली कम्युनिष्ट आन्दोलनका एक होनहार प्रतिभा र बौद्धिक एवं
विकासप्रेमी जनप्रतिनिधिका रुपमा समेत स्मरण गद श्रद्धाञ्जली व्यक्त
गर्नुभएको छ ।


