महानायक राजेश हमाल माडीको गाउँबस्तीमा घुम्दै र नाँच्दै (भिडियो सहित)

708
SwadeshPost

चितवन । नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालले माडी उपत्यकालाई स्वर्गसरी सुन्दर भूमि बताउनुभएको छ ।

माडीको संक्षिप्त यात्राका क्रममा आइतबार माडीको गाउँहरुमा घुम्दै र नाँच्दै तथा माडीको खेतमा सुत्दै महानायक हमालले माडी क्षेत्र नै स्वर्ग रहेको बताउनुभएको हो । यात्राका क्रममा माडी र मुस्ताङ आफूलाई अति मन परेको बताउँदै उहाँले माडीको पाँचपाण्डवस्थित बोटे समुदाय र गर्दी गाउँमा रहेको थारु बस्तीको रमाइलो घुमफिर गर्नुभएको थियो ।

हमालले माडी यात्राका क्रममा छायाँकन गरेको भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्नुभएको छ । भिडियोमा उहाँसंगै उहाँको नीजि सचिव र सहयोगीहरु माडीका विभिन्न क्षेत्रमा रमाउँदै घुमफिर गरेको देख्न सकिन्छ ।

SwadeshPost