बिष्फोटनबाट नडराई माडीका मतदाताले गरे उच्चतम् ७६ प्रतिशत मतदान

431
SwadeshPost

बाम गठबन्धनका शीर्ष नेता तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बहालवाला बनमन्त्री तथा राप्रपा (प्रजातान्त्रिक)का उपाध्यक्ष बिक्रम पाण्डेबिच चुनावी प्रतिस्पार्धा भइरहेको चितवन क्षेत्र नं. ३ अन्तरगत माडी नगरक्षेत्रमा ७५.८९ (करीव ७६) प्रतिशत मतदान भएको छ । देशभर चासोका साथ हेरिएको याे क्षेत्रमा २५,१२८ मतदाता रहेकोमा १९,०७१ जनाले आफ्नो मताधिकार प्रयोग गरेका छन् ।

माडी नगरपालिका वडा नं. ९ अन्तरगत बाँदरझुला आधारभूत विद्यालय मतदान केन्द्रमा कुल मतदाता ९२९ रहेकोमा ६१४ मत खसेको छ । त्यस्तै, कृष्णनगर आधारभूत विद्यालय केन्द्रमा कुल मतदाता १८४३ रहेकोमा १३०७ मत खसेको छ । माडी न.पा. वडा नं. ८ को जनवीवन माध्यमिक विद्यालय मतदान केन्द्रमा कुल मतदाता १८५६ रहेकोमा १३८० मत खसेको छ । त्यसैगरी माडी-७, जगन्नाथपुरी आ.वि. केन्द्रमा १८३५ मतदाता रहेकोमा १३८९ मत परेको छ भने कीर्तनपुर आधारभूत विद्यालय केन्द्रमा १६०१ म्तदाता रहेकोमा ११८१ मतदान भएको छ ।

माडी नगरपालिका-६ अन्तरगत नवदुर्गा आ.वि. केन्द्र, लक्ष्मीनिवासमा १५७४ मतदाता रहेकोमा ११०९ मत परेको छ । त्यस्तै जनकल्याण मा.वि. केन्द्र, कल्याणपुरमा १७६३ मतदाता रहेकोमा १२४५ मतदान भएको छ । माडी नगरपालिकाको वडा नं. ५ को एउटामात्रै रमाइलोडाँडा आधारभूत विद्यालय केन्द्रमा २२१५ मतदातामध्ये १६९५ मतदान भएको छ । माडी न.पा. ४ मा पनि एउटामात्रै खैरहनी माध्यमिक विद्यालय मतदान केन्द्र रहेकोमा २२४५ मतदाता मध्ये १७८७ मतदान भएको छ ।

माडी न.पा. वडा नं. ३ अन्तरगत माडी माध्यमिक विद्यालय केन्द्रमा २१९८ मतदाता रहेकोमा १७५५ मतदान भएको छ भने रतनी आधारभूत विद्यालय केन्द्रमा ७१३ मतदाता रहेकोमा ५६१ म्त परेको छ । माडी न.पा.–२ मा भैरवपुर आधारभूत विद्यालय केन्द्रमा ८६२ मतदाता रहेकोमा ६५६ मत परेको छ भने जीवनपुर आधारभूत विद्यालयमा १७२१ मतदाता रहेकोमा १३८७ जनाले मतअधिकार प्रयोग गरेका छन् । वडा नं. १ मा सोमेश्वर मा.वि. बरुवा केन्द्रमा २२५८ मतदाता मध्ये १७६४ मत परेको छ । त्यस्तै रतनपुर सेरुवा आ.वि. केन्द्रमा १६१५ मतदाता रहेकोमा १२४१ मतदान भएको छ ।

मतदातालाई प्रभावित पार्न मतदान हुने दिन एकाबिहानै बिष्फोट गराइएपनि त्यसले मतदाताको उत्साह कम भएको देखिएन । मतदानमा सहभागी हुन गाउँगाउँबाट मतदाताहरु बिहानैदेखि मतदान केन्द्रहरुमा पंक्तिबद्ध भई बसेका देखिन्थे ।

SwadeshPost