चितवन खबर पोष्ट

बागमती प्रदेश सरकारले माडीका सबैजसो धार्मिक एवं पर्यटकीय स्थलहरुका लागि बजेट विनियोजन

माडी, चितवन । बागमती प्रदेश सरकारले माडीका सबैजसो धार्मिक एवं पर्यटकीय स्थलहरुमा भौतिक पूर्वाधार विकासका लागि बजेट विनियोजन गरेको छ ।

आगामी आर्थिक बर्ष २०८२/८३ मा कार्यान्वयन हुनेगरी प्रदेश सरकारका मन्त्रालयगत योजना पुस्तिकाहरुको प्रारम्भीक अध्ययन गर्दा साना तथा मझौला स्केल बजेट भएका करीब दुई दर्जन योजनाहरु समेटिएको देखिन्छ ।

योजनाहरुमा बोटे समुदाय बनकट्टामा साँस्कृतिक भवन निर्माणका लागि १५ लाख, शहीद पार्क सितलपुरमा मुर्ती एवं भौतिक निर्माणका लागि १५ लाख र सोमेश्वरगढीमा खानेपानी एवं भौतिक निर्माणका लागि ९५ लाख रुपैंया बजेट रहेको छ ।

यसैगरी, पर्शुराम कुण्डमा भौतिक पूर्वाधार निर्माणका लागि १० लाख, द्रौपतिनगरमा द्रौपतिको मुर्तीसहित भौतिक निर्माणका लागि १० लाख, हरिहर मन्दिर बरुवामा सत्तल निर्माणका लागि १० लाख, वडा नं. २ मा सामुदायिक भवनका लागि ५ लाख र वडा नं. ३ मा मस्जिदका लागि १० लाख रुपैंया बजेट रहेको छ ।

यसैगरी, सामुदायिक भवन खैरहनीका लागि १० लाख, छरछरे शिवालय मन्दिरका लागि १८ लाख, गणेशमान प्रतिष्ठान माडी ६ का लागि १० लाख, पुष्प मदन बाटिका लक्ष्मीनिवासका लागि १० लाख, देवीकोट सामुदायिक भवन माडी ७ का लागि ३५ लाख र रेवा त्रिवेणी धामका लागि १० लाख रुपैंया भौतिक पूर्वाधार निर्माणका लागि रहेको देखिन्छ ।

यसबाहेक, चेपाङ सामुदायिक भवन माडी ७ का लागि १५ लाख, तमु क्वोहिबो गुम्बा माडी ६ का लागि १० लाख, सामुदायिक भवन जीवनपुर माडी ८ का लागि १० लाख, खरिकुना पार्क माडी ९ का लागि १० लाख, राम मन्दिर, माडी ९का लागि १० लाख र हनुमानझुलास्थित गुरुङ समुदायको गुम्बा निर्माणका लागि ८ लाख रुपैंया बजेट रहेको बुझिन्छ ।

तपाईको प्रतिक्रिया

ताजा समाचार