देश-प्रदेश खबर पोष्ट

रीउ सहित माडीका खोला तटबन्धनका लागि बागमती प्रदेश सरकारले रू.२ करोड ७० लाख विनियोजन

माडी, चितवन । रीउ नदी सहित माडीका खोलाहरु तटबन्धनका लागि बागमती प्रदेश सरकारले २ करोड ७० लाख रुपैंया बढी रकम विनियोजन गरेको छ ।

आगामी आर्थिक बर्ष २०८२/८३ मा कार्यान्वयन हुनेगरी प्रदेश सरकारले सो रकम योजना पुस्तिकाहरुमा सो बजेट छुट्याएको हो । बजेट पुस्तकहरुको प्रारम्भीक अध्ययन गर्दा रीउ नदीका विभिन्न ४ स्थानमा तटबन्धन परियोजनाका लागि २ करोड १० लाख रुपैंया बजेट रहेको देखिन्छ ।

यसबाहेक, दौजर खोला, बैकुण्ठे खोला, घाँघर खोला र बगहीँ खोलामा समेत तटबन्धनका योजनाहरुका लागि ६० लाख बढी रुपैंयाको बजेट रहेको देखिएको छ । खोला तटबन्धनका लागि माडी नगरपालिकाले समेत बजेट लगानी गर्नेगरेको छ भने विगतमा RRN संस्थाले बाँदरमुढे र राैतनी खोला तटबन्धन गरेको थियो ।

विगतमा अनियन्त्रित रुपमा बग्ने गरेका माडीका खोला खहरेहरुमा तटबन्धन गरिँदै गएसंगै हाल धेरै हदसम्म खोलाहरु नियन्त्रण भएका छन् । विगतमा बाढीको प्रकोपले आक्रान्त पारिरहने माडी क्षेत्रमा हाल बाढी नियन्त्रणोन्मुख अवस्था बन्दै गरेको सबैले महसुस गरेका छन् । (फाइल फोटो)

तपाईको प्रतिक्रिया

ताजा समाचार