चितवन, ६ मंसिर, २०८३ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) भारतको दुईदिने राजकीय भ्रमणका क्रममा आइतबार नयाँ दिल्ली आइपुगेका छन् ।
इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री बालेनलाई भारतका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसाद र भारतका लागि नेपाली राजदूत निश्चलनाथ पाण्डेलगायतले स्वागत गरेका थिए ।
भ्रमणका क्रममा आज भारतीय विदेशमन्त्री एस. जयशंकरले प्रधानमन्त्री बालेनसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग एक्लाएक्लै र प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता हुनेछ । त्यसक्रममा नेपाल–भारतबीच केही समझदारीपत्र तथा सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम छ ।
प्रधानमन्त्री बालेनले सोमबार नै भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग पनि भेट गर्नेछन् । उनी सोमबार साँझ स्वदेश फर्किने कार्यक्रम छ ।










