जनताको अपेक्षा र विश्वासअनुसार इमानदारीपूर्वक काम गर्न सरकारलाई सभामुख अर्यालको आग्रह

चितवन, ६ मंसिर, २०८३ । सभामुख डोलप्रसाद (डीपी) अर्यालले जनताको अपेक्षा र विश्वासलाई आत्मसात् गर्दै इमानदारी र जवाफदेहिताका साथ काम गर्न सरकारलाई आग्रह गर्नुभएको छ ।

आइतबार काठमाडौंमा आयोजित ‘डिगो १२खरी कथा प्रतियोगिता, २०८३’ को विजेता घोषणा कार्यक्रममा उहाँले २०८२ भदौ २३ र २४ गतेको विद्रोहले नेपाली राजनीतिमा परिवर्तनको आधार तयार गरेको बताउनुभयो ।

नयाँ राजनीतिक शक्तिका लागि जनमत ऐतिहासिक अवसरसँगै ठूलो जिम्मेवारी पनि भएको उल्लेख गर्दै सभामुख अर्यालले भ्रष्टाचार र अनियमितता अन्त्य गरी सुशासन कायम गर्नु आजको प्रमुख आवश्यकता रहेको बताउनुभयो ।

उहाँले साहित्यकारहरूले समाजका विकृति र विसंगतिमाथि प्रश्न उठाउँदै सकारात्मक प्रयास र असल अभ्यासलाई पनि प्रोत्साहन गर्नुपर्ने धारणा राख्नुभयो ।

तपाईको प्रतिक्रिया