देउवा पक्षको महाधिवेशन तयारी समितिको बैठक मंसिर ९ गते

चितवन, ६ मंसिर, २०८३ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्षको १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिको बैठक आगामी मंसिर ९ गते बस्ने भएको छ ।

सचिवालय समन्वय समितिका संयोजक दीपकप्रसाद कुइँकेलका अनुसार बैठक बुधबार बिहान ११ बजे चुनदेवीस्थित सम्पर्क कार्यालयमा बस्नेछ । बैठकमा केन्द्रीय पदाधिकारी, सदस्य तथा महाधिवेशन तयारी समितिका सबै सदस्यलाई अनिवार्य उपस्थित हुन आग्रह गरिएको छ । देउवा पक्षले मंसिर २१ देखि २३ गतेसम्म महाधिवेशन गर्ने तयारी गरेको छ ।

तपाईको प्रतिक्रिया