चितवन, ६ मंसिर, २०८३ । नेपाल शिक्षक संगठन इच्छाकामना गाउँपालिका कमिटीको तेस्रो एकता गाउँ अधिवेशनले मदन चेपाङको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
गोरखाको सहिद लखन गाउँपालिका–४ ठेवाटारमा आयोजित अधिवेशनमा प्रमुख अतिथि संगठनका सल्लाहकार तथा नेकपा बागमती प्रदेश सचिवालय सदस्य प्रताप गुरुङले सरकारले खारेज गर्न खोज्दैमा नेपाल शिक्षक संगठन खारेज नहुने बताउनुभयो । उहाँले संगठन शिक्षकका मुद्दामा अविचलित रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा संगठनका केन्द्रीय तथा प्रदेश तहका पदाधिकारी, नेकपाका नेता र शिक्षक प्रतिनिधिहरूको सहभागिता रहेको थियो । अधिवेशनसँगै वनभोज कार्यक्रमसमेत आयोजना गरिएको थियो ।










