पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी

चितवन, ६ मंसिर, २०८३ । नेपाली कांग्रेसका नेता तथा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान गर्न पक्राउ अनुमति लिएको हो ।

सीआईबी स्रोतका अनुसार पक्राउ अनुमति जारी भएको जानकारी पाएपछि बानियाँ फरार रहेका छन् । उनी २०८२ साउनदेखि २०८३ भदौसम्म बागमती प्रदेशको मुख्यमन्त्री हुनुहुन्थ्यो ।

यसअघि सीआईबीले पूर्वमुख्यसचिव एकनारायण अर्यालविरुद्ध पनि पक्राउ अनुमति लिएको थियो । त्यस्तै, मलेसिया जाने नेपाली श्रमिकबाट कानुनविपरीत रकम असुली गरेको प्रकरणमा पूर्वश्रममन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वरराय यादवसहित ६ जना पक्राउ परेका छन् ।

तपाईको प्रतिक्रिया