चितवन, ६ मंसिर, २०८३ । घरजग्गा तथा निर्माण व्यवसायलाई चलायमान बनाउँदै स्वदेशी लगानी र रोजगारी प्रवर्द्धन गर्ने उद्देश्यले भरतपुरमा ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुने भएको छ ।
मंसिर २५ देखि २७ गतेसम्म चितवन उद्योग संघको एक्स्पो सेन्टरमा सञ्चालन हुने एक्स्पोमा निर्माण सामग्री, आधुनिक प्रविधि, आवास परियोजना तथा निर्माणसम्बन्धी सेवाका ६० भन्दा बढी प्रदर्शनी कक्ष रहनेछन् ।
आयोजकले करिब २५ हजार अवलोकनकर्ता सहभागी हुने अपेक्षा गरेको छ । एक्स्पोमा सर्वसाधारणको प्रवेश निःशुल्क हुनेछ ।










