बालेनको भारत भ्रमणको एजेन्डाबाट सीमा विवाद हटाइयो

चितवन, ६ मंसिर, २०८३ । प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणको एजेन्डाबाट नेपाल–भारत सीमा विवादको विषय हटाइएको छ । भ्रमणको तयारीका क्रममा सीमा विवादबारे छलफल हुने अपेक्षा गरिए पनि अन्तिम एजेन्डामा उक्त विषय समावेश नगरिएको हो ।

प्रधानमन्त्री कार्यालयका एक उच्च स्रोतका अनुसार विवादित विषय उठाउँदा भ्रमण नै प्रभावित हुन सक्ने जोखिम देखिएपछि प्रधानमन्त्रीकै निर्देशनमा सीमा विवादलाई तत्कालका लागि प्राथमिकतामा नराखिएको हो ।

यसअघि प्रधानमन्त्री शाहले संसद्‌मा दुवै देशले एकअर्काको सीमा मिचेको विषय अध्ययन गरी संवादबाट समाधान खोज्नुपर्ने बताएका थिए । तर पूर्वराजदूत नीलाम्बर आचार्य र कूटनीतिक जानकार मोहनकृष्ण श्रेष्ठले भने एजेन्डामा नपरे पनि सीमा विवादबारे भारतसँग संवाद गर्नुपर्ने धारणा राखेका छन् । उनीहरूले संवादबिना समस्या समाधान हुन नसक्ने बताएका छन् ।

तपाईको प्रतिक्रिया