अपराध खबर पोष्ट

बसको ठक्करबाट मृ*त्यु भएका महतोको शव अनुसन्धानका लागि भरतपुर अस्पतालमा

६ मंसिर, माडी । शनिवार एकाबिहानै माडी–१, गर्दी गाउँमा बसको ठक्करबाट मृ*त्यु भएका फिरल महतोको शव अनुसन्धानका लागि भरतपुर अस्पताल पठाइएको छ । त्यसैगरी सवारी (बस) धनी र सम्बन्धित यातायात व्यवसायी समिति प्रहरीको सम्पर्कमा आएका छन् ।

माडीबाट भरतपुरका लागि छुटेको बागमती प्रदेश ०३ ००१ ख २८८७ नम्बरको बसको ठक्करबाट माडी–१, गर्दी गाउँ निवासी अन्दाजी ६० बर्षका फिरल महतोको घटनास्थलमै ज्यान गएको हो । एकाबिहानै गाउँका ज्येष्ठ नागरिकको मृ*त्यु भएसंगै गर्दी गाउँ क्षेत्र शोकमा रहेको छ ।

बिहान करीब ५ः३० बजे कुहिरो लागेको समयमा सडक छेउ पैदल हिँडिरहेको अवस्थामा महतोलाई बसले ठक्कर दिएको थियो । दुर्घटनाका क्रममा नियन्त्रण गुमाउँदै बस बाटो छेउको खेतमा पुगेको छ भने केहि सिसाहरू फुटेको छ ।

बसमा सवार ४ जना यात्रुहरु घाइते भएकोमा उनीहरुको बघौंडा अस्पतालमा उपचार भएको छ । घटनास्थलको अवस्था सामान्य रहेको र क्षतीग्रस्त बसलाई तानेर सडकमा ल्याई प्रहरी कार्यालयमा ल्याउने प्रयास भइरहेको ईलाका प्रहरी कार्यालय माडीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

ताजा समाचार