कृषि र कृषक पोष्ट

माडीमा तोरी फुल्दा खेत पहेँलपुर, किसानमा बढ्दै उत्साह

१८ पाैष, माडी । तोरीको राम्रो उत्पादन हुने क्षेत्रका रूपमा परिचित माडी क्षेत्रका खेतगह्राहरू यतिबेला तोरी फुलेर पहेँलपुर देखिएका छन्। विगत केही वर्ष तोरीखेतीप्रतिको आकर्षणमा कमी आए पनि हाल किसानहरूमा पुनः तोरीखेतीप्रति उत्साह बढ्दै गएको छ।

माडी क्षेत्रमा उर्वर माटो, प्राङ्गारिक मलको प्रयोग, उन्नत जातका बीउ, तोरीको तेलको बढ्दो मूल्य तथा जङ्गली जनावरबाट तुलनात्मक रूपमा कम क्षति हुने भएकाले किसानहरू तोरीखेतीतर्फ आकर्षित भएका छन्।

विसं २०७६ पछि चितवन जिल्लामा तोरीको खेती क्षेत्रफल र उत्पादकत्व दुवै निरन्तर बढ्दै गएको छ। चालु वर्ष जिल्लाभर २१ हजार ८ सय ५० हेक्टर क्षेत्रफलमा तोरीखेती गरिएको छ, जसमा माडी क्षेत्रको हिस्सा पनि उल्लेख्य रहेको कृषि ज्ञान केन्द्र चितवनले जनाएको छ।

माडीमा उत्पादन हुने तोरी गुणस्तरीय मानिने भएकाले यहाँ उत्पादित तोरी तथा तोरीको तेल भरतपुर, नारायणगढलगायत चितवनका प्रमुख बजार हुँदै काठमाडौँसहित अन्य सहरहरूमा आपूर्ति हुँदै आएको छ।

तपाईको प्रतिक्रिया