क्यान्सर पीडित बामपन्थी नेता भुसालकाे उपचार सहयोग अभियान सुरु

277
SwadeshPost

गलाको क्यान्सरले पीडित रहनुभएका संरक्षणकर्मी तथा माडीका पुराना बामपन्थी नेता यमकान्त भुसाललाई उपचार सहयोगार्थ विशेष अभियान सुरु भएको छ ।

पाँचपाण्डव मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष तथा साविक गर्दी गा.बि.स. को वडा नं. ९ का वडाध्यक्ष रहिसक्नुभएका भुसाल नेपाल कम्युनिष्ट पार्टीमा आवद्ध भई राजनैतिक तथा सामाजिक र शैक्षिक क्षेत्रमा योगदान पु¥याउँदै आउनुभएको छ । भुसालको हाल भरतपुरस्थित बि.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार भइरहेको छ ।

भुसालको उपचार सहयोगार्थ हालसम्म करीब सवा लाख रुपैंया सहयोग संकलन भइसकेको उहाँको उपचार खर्च जुटाउन गठित सहयोग संकलन समितिले जनाएको छ । भुसालको उपचार कोषमा हालसम्म माडी नगरपालिका कार्यालयले रु २० हजार, पाँचपाण्डव मध्यवर्ती उपभोक्ता समिति गर्दी र अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समितिले रु १०/१० हजार सहयोग गरेको छ । त्यसैगरी नेकपा नेता यमबहादुर परियार इन्द्रजितबाट रु १० हजार संकलित भएको तथा बरुवा निवासी रत्नाखर पंगेनी र पिताम्बर बराल बाट रु ५/५ हजार सहयोग रकम संकलित भएको छ । त्यस्तै, कल्याणपुर निवासी किशोर न्यौपानेबाट पनि समान ५ हजार सहयोग रकम संकलित भएको सहयोग संकलन अभियानका संयोजक दण्डपाणी पौडेलले जानकारी दिनुभयो ।

भुसालको उपचार सहयोग कोषमा माडी निवासी नारायण दत्त सापकोटा, श्री प्रसाद दवाडी, ऋषिराम काफ्ले, भरत तिमिल्सिना, ईश्वरी ढकाल, विश्वनाथ महतो, कृष्ण दवाडी, बालमुकुन्द तिमल्सिना, कुश्माखर लामिछने, डन्डपाणी पौडेल, दयाराम आचार्य, मन्जु पाठक र श्याम कुमार बिष्टबाट तीन तीन हजार रुपैंया सहयोग संकलन भएको छ । त्यसैगरी माडीकै नन्दु भण्डारीले रु २१ सय तथा बिष्णु पंगेनी, हरि अधिकारी तथा बिन्दु महतो एवं चन्द्रमणी महतो दम्पत्तीबाट रु दुई दुई हजार रुपैंया सहयोग रकम संकलित भएको जनाइएको छ ।

उपचार सहयोग कोषमा नारदमणी पौडेल र नारायण पोडेलले रु ११ सय तथा फणिन्द्र दवाडी, गोबिन्द दवाडी, कृष्ण पौडेल, नारायण अधिकारी, प्रेमराज तिमिल्सिना, भोलानाथ पौडेल, गंगा बस्ताकोटी, टिकाराम सुवेदी, बाबुराम दवाडी, दुर्गा बहादुर भुजेल, कमलु महतो, रेवा सापकोटा र क्षेत्र देवकोटाबाट जनही एक एक हजार रुपैंया सहयोगस्वरुप संकलित भएको छ । समूहगत रुपमा कल्याणपुर गाउँबाट पाँच हजार एक सय पैंतालिस तथा द्रौपतिनगरबाट चार हजार दुई सय रुपैंया समेत प्राप्त भएको सहयोग संकलन समितिले जनाएको छ । सहयोग संकलनको काम हाल माडी उपत्यकामा जारी रहेको समेत समितिले जानकारी दिएको छ । संकलित सहयोग विवरण माडीको स्वदेश एफ.एम. तथा स्वदेश पोष्ट अनलाइनबाट सार्वजनिक गरिँदै आइएको छ ।

SwadeshPost