३० पाैष, माडी । बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (माओवादी)को चितवन जिल्ला समितिले आउँदो प्रतिनिधिसभा निर्वाचनका लागि चितवन-३ बाट राजुप्रसाद पौडेल (सन्देश) सहित ३ जनाको नाम सिफारिस गरेको छ ।
पार्टीका केन्द्रीय प्रभावशाली नेता एवं उत्पादन विभागका प्रमुख समेत रहनुभएका पौडेलसहित युवा नेता डा. आशिक प्रसाद महतो र ईश्वर पाण्डे (अटल)को नाम प्रत्यक्षतर्फ सिफारिस भएको हो ।

त्यस्तै, चितवन निर्वाचन क्षेत्र नं. १ बाट अनिल शर्मा (बिरही), लाल सिंह थिङ (उत्सव) र गणेश बहादुर श्रेष्ठको नाम सिफारिस भएको छ । निर्वाचन क्षेत्र नं. २ बाट दिर्शना कुमारी शाही (सिसम), कृष्ण बहादुर परियार र राजेन्द्र प्रसाद ढकालको नाम सिफारिस गरिएको सो पार्टीले जनाएको छ ।

पार्टीको केन्द्रीय कार्यालय काठमाडौँले जारी गरेको परिपत्र अनुसार जिल्ला समितिले प्रतिनिधिसभा निर्वाचनका लागि नाम सिफारिस गरेको जनाइएको छ । हालै निर्वाचन आयोगमा दर्ता भई निर्वाचनको उपयोग गर्ने निती लिएको सो पार्टीले गुलावको फुल चुनाब चिन्ह पाएको छ ।

