३० पाैष, माडी । माडीका बयोबृद्ध सामाजिक अगुवा एवं पूर्व प्रधानपञ्च केवल प्रसाद चौधरीलाई सम्मान गरिएको छ । खिचरा (माघी) उत्सव तथा थारु संवत् २६४९को समुद्घाटन कार्यक्रमका अवसरमा थारु कल्याणकारिणी सभा माडीले चौधरीलाई सम्मान गरेको हो ।
बि.सं. २०२२ सालदेखि २०४२ सालसम्म लगातार दुई दशक र त्यसअघि चार बर्षसम्म तात्कालीन बघौंडा गाउँ पञ्चायतका प्रधानपञ्च रहनुभएका चौधरीले माडी माध्यमिक विद्यालय र बघौंडा आधारभूत विद्यालयको स्थापना, प्रहरी र स्वास्थ्य चौकीहरुको निर्माण एवं महत्वपूर्ण सामाजिक योगदान गर्नुका साथै थारु समुदायको उत्थानका निम्ति अतुलनीय योगदान गरेको कदरस्वरुप चौधरीलाई सम्मान गरिएको थाकस माडीले जनाएको छ ।


हाल माडी नगरपालिकाको कार्यालय रहेको स्थानसंगै बसन्तपुर बजारको चौर, बघौंडा अस्पताल, माडी मा.वि. र माडी क्याम्पस रहेको जमीनका साथै बघौंडा आधारभूत विद्यालय रहेको जमीन समेत चौधरीकै योगदानस्वरुप सार्वजनिक जमीनका रुपमा सुरक्षित रहेकाले सो सम्मान गरिएको थाकस माडीका अध्यक्ष शुक्रमी चौधरीले बताउनुभयो ।


