०२ माघ, माडी । माडी नगरपालिका ४ नं. वडा कार्यालय भवनको औपचारिक समुद्घाटन भएको छ । माडी नगरप्रमुख ताराकुमारी काजी महतोले शुक्रवार (आज) भवनको औपचारिक समुद्घाटन गर्नुभएको हो ।
समुद्घाटन कार्यक्रममा वडाध्यक्ष माधव चापागाईंसंगै वडा सदस्यहरु, छिमेकी वडाका वडाध्यक्षहरु, नगर र वडा कार्यालयका कर्मचारी र स्थानीयबासीहरु सहभागी रहेका थिए ।

माडी नगरपालिकाको लागत साझेदारीमा निर्माण भएको सो भवन कोटेश्वर काठमाडौंस्थित हाइकु इन्फ्राटेक (प्रा.) लि. नामको निर्माण कम्पनीले निर्माण गरेको हो । ८८ लाख ५२ हजार ८६५ रुपैंया लागतमा सो एकतले भवन निर्माण भएको वडाध्यक्ष चापागाईंले बताउनुभयो ।

२०८१ फागुन ११ गते निर्माण सुरु भएको सो भवनको निर्माणकार्य पुरा भई औपचारिक समुद्घाटन गरिएसंगै वडा कार्यालयले नयाँ भवनबाट सेवा दिन सुरु गरेको छ । यसअघि साविक (समायोजित) सिधुवा आधारभूत विद्यालयको पुरानो भवन मर्मत गरी वडा कार्यालय सञ्चालनमा रहेको थियो ।


