चितवन खबर पोष्ट

आशंकित बाघ आक्रमणमा माडी-१ पाण्डबनगर निवासी एक युवक बेपत्ता, खोजी गरिंदै

१२ माघ, माडी । माडी नगरपालिका-१ पाण्डबनगर निवासी २८ वर्षीय युवक भानु बोट बेपत्ता भएका छन् । उनलाई आइतबार (गए)साँझ करीब ७ बजे घरनजिकै जंगल क्षेत्रमा गएका बेला बाघले आक्रमण गरी भित्री जंगलतर्फ तानेर लगेको आशंका गरिएको छ ।

घटनापछि स्थानीयवासी र सुरक्षाकर्मीले सोमबार (आज) खोजी प्रयास गरे पनि अहिलेसम्म उनको अवस्था पत्ता लाग्न सकेको छैन । घरबाट टाढा जंगलभित्र टोपी र कपडा भेटिएको स्थानीयले बताएका छन् ।

प्रहरी र स्थानीयवासीको समन्वयमा भोलि मंगलबार बिहानदेखि पुनः व्यापक खोजी कार्य सञ्चालन गरिने जनाइएको छ । सो गाउँ नजिकैको कल्याणपुरमा सोमबार नै गैंडाको आक्रमणबाट अर्का एक पुरूष गम्भीर घाइते भएका छन् । घटनापछि सो क्षेत्रमा त्रासको वातावरण सिर्जना भएको छ ।

तपाईको प्रतिक्रिया