१३ माघ, माडी । चितवनको माडी नगरपालिका-१, कल्याणपुरमा गैंडाको आक्रमणबाट गम्भीर घाइते भएका २२ वर्षिय युवक अशोक भट्टराईको उपचारका क्रममा मृत्यु भएको छ । रातो पहिरोस्थित मरोट खोलानजिकै गैंडाले आक्रमण गर्दा भट्टराई गम्भीर घाइते भएका थिए ।
गैंडाको आक्रमणबाट भट्टराईको पेट, हातखुट्टा लगायत शरीरका विभिन्न भागमा गहिरो चोट लागेको थियो । उपचारका लागि भरतपुरस्थित नयाँ मेडिकल कलेजमा लगिएकोमा गएराती उनको ज्यान गएको हो ।

वैदेशिक रोजगारीका लागि प्रायः भारतमा रहने भट्टराई हाल तेस्रो देश जाने तयारीमा रहेको परिवारजनले बताएका छन् । स्थानीयका अनुसार सो क्षेत्र वरपर हरुवा गैंडा जंगलको किनारमै बस्दै आएको र बेला–बेलामा आक्रमक रूपमा बस्ती नजिक देखिने गरेको छ ।


