१६ माघ, माडी । बिप्लव नेतृत्वको नेकपा (माओवादी) का तर्फबाट चितवन-३ का प्रतिनिधिसभा उम्मेदवार आशिक महतो (आशिक सी) ले आर्थिक समृद्धिका लागि कृषि, धर्म तथा संस्कृति, पर्यावरण, आयुर्वेद र कला–संस्कृतिलाई मुख्य आधारका रूपमा अघि सार्नुभएको छ।
शुक्रबार स्वदेश एफ.एम.संगको जम्काभेटमा बोल्दै महतोले वैदेशिक रोजगारीका कारण युवाहरू पलायन भइरहेको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै आफ्नै ठाउँमा रोजगारीका अवसर सिर्जना गर्नु आफ्नो उम्मेदवारीको मुख्य उद्देश्य रहेको बताउनुभयो ।

प्रतिनिधिसभा सदस्यले ऐन–कानुन सुधारसंगै विकास निर्माण पनि गर्ने बताउँदै उहाँले यसका लागि लागि आवश्यक बजेट व्यवस्थापन गर्ने र विनियोजित बजेटको सही सदुपयोग भए–नभएको निरन्तर मूल्याङ्कन गर्ने प्रणाली स्थापना गर्ने प्रतिबद्धता जनाउनुभयो। (भिडियो)


