चितवन खबर पोष्ट

शहिद परिवारप्रति सम्मान र लोकतन्त्रप्रतिको प्रतिबद्धता नै कांग्रेसको शक्ति हो : टेकप्रसाद गुरुङ (भिडियो)

१८ माघ, माडी । प्रतिनिधिसभाका लागि नेपाली कांग्रेस चितवन क्षेत्र नं. ३ का उम्मेदवार टेकप्रसाद गुरुङले शहिद परिवारप्रति सम्मान र लोकतन्त्रप्रतिको प्रतिबद्धता नै नेपाली कांग्रेसको शक्ति भएको बताउनुभएको छ ।

४६ सालको जनआन्दोलनका पहिलो शहिद स्वर्गीय गणेश पौडेलकी धर्मपत्नीले भुटेको मकैले स्वागत गरेको प्रसङ्ग स्मरण गर्दै गुरुङले जनआन्दोलनका त्याग, संघर्ष र बलिदानको गहिरो अनुभूति भएको बताउनुभयो । “शहिदको सपना पूरा गर्न हामी दृढतापूर्वक अघि बढ्नेछौँ,” उहाँको भनाई थियो ।

गुरुङ हाल चितवन–३ अन्तर्गत विभिन्न वडामा घरदैलो कार्यक्रममार्फत मतदातासँग प्रत्यक्ष संवादमा व्यस्त रहनुभएको छ । हाल भरतपुर महानगरपालिका अन्तरगतका निर्वाचन क्षेत्रमा घरदैलो अभियान सञ्चालन भइरहेको उहाँले जानकारी दिनुभयो ।

माडी क्षेत्रमा प्रारम्भीक भेटघाट र स्वदेश एफ.एम.संग जम्काभेट सकेको कांग्रेसले पश्चिमी चितवनका भरतपुर-२२, १६, २१ लगायतका क्षेत्रमा घरदैलो भेटघाट गरेको छ । औपचारिक चुनाबी प्रचारप्रसार अभियान अवधी सुरु हुनुअघि नै, हाल दलका उम्मेदवार आफ्‌नो परिचय दिँदै घरभेट गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया