चितवन खबर पोष्ट

संसदमा संख्या कम हुँदा जनपक्षीय मुद्दा निर्णायक बिन्दुमा पुर्‍याउन सकिएन : रास्वपाकी सोविता गौतम (भिडियो)

१८ माघ, माडी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट चितवन निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधि-सभा सदस्य उम्मेदवार सोविता गौतमले ‘संसदमा आफ्नो दलको सख्या कम भएका कारण जनपक्षीय मुद्दाहरू निर्णायक बिन्दुमा पुर्‍याउन नसकेको’ बताउनुभएको छ ।

भरतपुर महानगरपालिका-२६ मा चुनाबी घरदैलो गर्दै पूर्व सांसद समेत रहनुभएका रास्वपा नेतृ गौतमले ‘अबको निर्वाचनपछि देशको आवश्यकता अनुसार नयाँ कानुन निर्माण गर्ने, जनहितमा नीतिगत परिवर्तन ल्याउने र रास्वपाको सरकार बनेपछि सन्तुलित विकासका ढोका खोल्ने’ प्रतिबद्धता व्यक्त गर्नुभयो ।

घरदैलोका क्रममा उम्मेदवार गौतम सहित रास्वपा नेता कार्यकर्ताहरु लोकदोहोरी र भजन गीतमा नाँचगान समेत गरेका थिए । पछिल्ला केहि दिनदेखि गौतम भरतपुर महानगरपालिका अन्तरगतका निर्वाचन क्षेत्रका वडाहरुमा घरदैलोमा सरिक रहनुभएको छ ।

तपाईको प्रतिक्रिया