१८ माघ, माडी । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट चितवन क्षेत्र नं. ३ का प्रतिनिधिसभा उम्मेदवार दिपक थापामगरले आफू सोही क्षेत्रमा जन्मिएर हुर्किएको व्यक्ति भएकाले यहाँको भूगोल, समाज र जनजीवनसँग पूर्ण रूपमा परिचित रहेको बताउनुभएको छ ।
थापामगरले नारायणी र राप्ती नदी तथा आसपासको जनजीवनसँग आफू नजिकबाट जोडिएको दाबी गर्नुभयो । यस क्षेत्रमा खोलानालाका कारण हुने कटान र डुबान, हावाहुरीले पुर्याउने क्षति तथा जंगली जनावरको आक्रमण र त्यसबाट उत्पन्न त्रास यहाँका मुख्य चुनौती रहेको उहाँको भनाइ थियो ।

हाल भरतपुर महानगरपालिका अन्तरगतका निर्वाचन क्षेत्रका वडाहरुमा घरभेटमा रहनुभएका उहाँले आफू कुनै ‘मतपत्र च्यातेर’ वा कसैको ‘ट्याग’ लागेर आएको व्यक्ति नभई जनतासँग प्रत्यक्ष सरोकार राख्ने ‘भुईंमान्छे’ भएको जिकिर गर्नुभयो । राप्रपा टोली पनि नाँचगान गर्दै घरदैलोमा व्यस्त रहेको देखिन्छ ।


