चितवन खबर पोष्ट

तोकिएको स्थानभन्दा फरक ठाउँमा कार्यक्रम गर्न खोजेपछि दुर्गा प्रसाईको कार्यक्रममा प्रहरी हस्तक्षेप

१९ माघ, माडी । तोकिएको स्थानभन्दा फरक ठाउँमा कार्यक्रम गर्न खोजेपछि दुर्गा प्रसाईको कार्यक्रममा चितवन प्रहरीले हस्तक्षेप गरेको छ । घटनामा प्रसाई पक्षका तीन जना कार्यकर्ता पक्राउ परेका छन् ।

प्रसाईले भरतपुरको चौविसकोठी चोकमा कार्यक्रम सुरु गर्न खोजेपछि प्रहरीले रोक्न खोज्दा केहीबेर तनावपूर्ण अवस्था सिर्जना भएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक रविन्द्र खनालका अनुसार प्रशासनले स्वीकृति दिएको स्थानभन्दा फरक ठाउँमा कार्यक्रम गर्न थालेपछि प्रहरीले हस्तक्षेप गरेको हो ।

प्रशासनले दुर्गा प्रसाईलाई केन्द्रीय बस टर्मिनल चोकको एउटा कुनामा कार्यक्रम गर्न अनुमति दिएको थियो । तर प्रसाई पक्षले चौविसकोठी चोक परिक्रमा गरेर मात्रै बसपार्क चोकमा कार्यक्रम गर्ने माग गरेपछि प्रहरीले चौविसकोठी परिक्रमा गर्नसमेत अनुमति दिएको थियो । तर तय भएको परिक्रमा नगरी सोही चौविसकोठी चोकमै कार्यक्रम गर्न खोजेपछि प्रहरीले रोक लगाएको र त्यसक्रममा तनावपूर्ण अवस्था सिर्जना भएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया