१९ माघ, माडी । विप्लव नेतृत्वको नेकपा (माओवादी) को भरतपुर महानगर टिमका सदस्यहरू नेपाल कम्युनिष्ट पार्टीमा समायोजन भएका छन् । केन्द्रीय प्रतिनिधि सदस्य तथा भरतपुर महानगर इन्चार्ज अजीव पौडेल नेतृत्वको महानगर कमिटिका केहि सदस्यहरू नेकपामा समायोजन भएको जनाइएको छ ।
विपन्न समुदायको हकअधिकारका लागि खटिने व्यक्तिका रूपमा परिचित पौडेल नेकपाको केन्द्रीय सदस्य हुने गरि समायोजित हुनुभएको हो । यसअघि, उहाँ तत्कालीन नेकपा माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय बुद्धिजीवी संगठनको केन्द्रीय सदस्य रहनुभएको थियो । पछि विप्लव नेतृत्वको पार्टीमा सक्रिय हुनुभएको थियो ।



