२० माघ, माडी । नेकपा एमाले माडी नगर कमिटीको बैठकले पार्टीका जिल्ला उपाध्यक्ष श्यामकुमार बिष्टको संयोजकत्वमा ८०१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ।
नगर अध्यक्ष नारायण अधिकारीको अध्यक्षतामा सम्पन्न सो बैठकले बैठकबाट विभिन्न उपसमिति तथा कमिटीहरू पनि गठन भएका छन्। जसअनुसार अनुगमन समिति संयोजकमा सरस्वती बिष्ट, प्रचार–प्रसार उपसमिति संयोजकमा श्रीप्रसाद दवाडी, आर्थिक परिचालन कमिटी संयोजकमा रेशम आचार्य, महिला परिचालन कमिटी संयोजकमा पूर्णकला सुनार चयन हुनुभएको छ ।

त्यसैगरी जनवर्गीय समिति परिचालन कमिटी संयोजकमा नारायण पौडेल, युवा परिचालन कमिटी संयोजकमा सरोज शाह, सामाजिक संघ–संस्था समन्वय कमिटी संयोजकमा विष्णु आचार्य, आदिवासी जनजाति परिचालन कमिटी संयोजकमा चुडामणि महत्तो, मुक्ति समाज परिचालन कमिटी संयोजकमा कमल रामदाम चयन हुनुभएको छ ।

यसबाहेक, सांस्कृतिक परिचालन समिति संयोजकमा प्रेम बिष्ट र जनप्रतिनिधि परिचालन समिति संयोजकमा ताराकुमारी काजी महत्तो चयन हुनुभएको छ। बैठक केन्द्रीय सदस्य तथा समानुपातिक उम्मेदवार यमबहादुर परियारको प्रमुख आतिथ्य र प्रदेश कमिटी सदस्य तथा माडी इन्चार्ज सरस्वती बिष्टको विशिष्ट आतिथ्यमा सम्पन्न भएको जनाइएको छ।

