खेल र खेलाडी पोष्ट

विगत ८ वर्षदेखि सञ्चालन हुँदै आएको माडी क्रिकेट कप चाैर सम्बन्धी समस्याका कारण यस वर्ष नहुने

०१ फागुन, माडी । विगत ८ वर्षदेखि निरन्तर सञ्चालन हुँदै आएको माडी क्रिकेट कप राष्ट्रियस्तरको क्रिकेट प्रतियोगिता यस वर्ष आयोजना नहुने भएको छ ।प्रतियोगिताको आयोजक संस्था बसन्तपुर युथ क्लबले खेल मैदान सम्बन्धी समस्याका कारण यसबर्ष सो प्रतियोगिता सञ्चालन गर्न असमर्थ भएको जानकारी गराएको हो ।

आयोजक समितिद्वारा जारी सूचनामा अप्रत्याशित परिस्थितिका कारण प्रतियोगिता स्थगित गर्नुपरेकोमा क्षमायाचना व्यक्त गर्दै आगामी वर्ष उत्कृष्ट ढंगले प्रतियोगिता आयोजना गर्ने प्रतिबद्धता समेत व्यक्त गरिएको छ ।

बसन्तपुर बजारस्थित चौरलाई माडी–३ वडा कार्यालयले माटो फिलिङ गरी सम्याउनुका साथै क्षेत्रफल समेत विस्तार गरेको थियो । सोही चौरमा हालै केहि असजहताबिच अण्डर १८ फुटबल सञ्चालन भएको थियो ।

तपाईको प्रतिक्रिया

ताजा समाचार