चितवन खबर पोष्ट

क्यान्सर पीडित क्षेत्रीको उपचारका लागि झारखण्ड र बिहार सशस्त्र बलमा कार्यरत युवाहरुद्वारा सहयोग

०१ फागुन, माडी । माडी नगरपालिका-८, इन्द्रबस्ती, चितवन निवासी क्यान्सर पीडित नारायणी थापा क्षेत्रीको उपचार सहयोगार्थ छिमेकी राष्ट्र भारतको झारखण्ड सशस्त्र बल (राँची) र बिहार सशस्त्र बल (पटना)मा कार्यरत माडी एवं चितवनका युवाहरुले आर्थिक सहयोग गरेका छन् ।

विगतदेखि नै हरेकजसो दुःखी बिरामीहरुलाई सहयोग गर्दै आइरहेका ती युवाहरुले सामुहिक रुपमा रकम संकलन गरी स्तन क्यान्सर पीडित क्षेत्रीलाई भारु १९ हजार १५० (नेपाली रुपैंया ३० हजार ६४०) सहयोग गरेका हुन् ।

झारखण्ड शसस्त्र बल राँचीमा कार्यरत चित्रबहादुर राना (जीवन)बाट ११००, विक्रम थापाबाट १०००, सुरज पौडेलबाट ११००, उमेश श्रेष्ठबाट ११५०, कृष्ण गौतम (गुरु)बाट १२००, ऋषिराम पौडेल १०००, गोविन्द पाण्डेबाट १०००, वैकुण्ठ अधिकारीबाट १०००, पिताम्बर सापकोटाबाट १०००, सञ्जय खत्रीबाट ६००, नारायण पौडेलबाट १०००, मित्रलाल पौडेलबाट १०००, कृष्णराज भण्डारीबाट १००० र अजय खत्रीबाट १००० गरी कुल १४ हजार १ सय ५० भारतीय रुपैंया संकलन भएको हो ।

त्यस्तै, बिहार सशस्त्र बलमा कार्यरत रुद्रप्रसाद पौडेलबाट १०००, जनक खड्काबाट १०००, जनक अधिकारीबाट १०००, नरहरी पौडेलबाट १००० र कृष्ण परियारबाट १००० भारतीय रुपैंया प्राप्त भएको थियो । सो एकमुष्ठ रकम विहीबार स्वदेश एफ.एम.को कार्यालय परिसरमा सहयोगदाता मध्येका सुरज पौडेल र ऋषिराम पौडेलले बिरामी क्षेत्रीलाई हस्तान्तरण गर्नुभयो ।

क्षेत्री विगत २०७२ सालदेखि मुटु र क्यान्सरजस्तो गम्भीर रोगसँग निरन्तर संघर्षरत हुनुहुन्छ । हाल दोश्रो स्तन क्यान्सर र घाँटीको संक्रमणको उपचार जारी रहेको क्षेत्री परिवारले जनाएको छ । क्षेत्रीलाइ हालसम्म १ लाख बढी रकम सहयोगस्वरूप प्राप्त भएको र उपचार चलिरहेको अवस्था छ ।

तपाईको प्रतिक्रिया

ताजा समाचार