खेल र खेलाडी पोष्ट

आठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि सोमेश्वर माध्यामिक विद्यालय बरुवाले उचाल्यो

माडी चितवन । माडीको बरुवा बजारमा जारी आठौँ राष्ट्रपति रनिङ शिल्ड ( खेलकुद) प्रतियोगिताको उपाधि सोमेश्वर माध्यामिक विद्यालय बरुवाले जितेको छ ।

सोमेश्वर माध्यामिक विद्यालयले ९ स्वर्ण सहित ६ रजत र ४ काश्य सहित कुल १९ पदक जित्दै लगातार पाँचौं पटक शिल्ड जितेको हो । निकै प्रतिस्पर्धात्मक रूपमा सञ्चालन भएको खेलमा ९ स्वर्ण, ५ रजत र ५ काश्य सहित १९ पदक जित्दै माडी माध्यामिक विद्यालय बसन्तपुर दोश्रो हुन सफल भएको छ । यसैगरी ५ स्वर्ण, ३ रजत र २ काश्य सहित कुल १० पदक जित्दै जनकल्याण मा.वि. तेश्रो भएको छ ।

रनिङशिल्ड प्रतियोगितामा सगरमाथा मा. बि. हनुमानझुलाको ३ स्वर्ण, ४ रजत र ४ काश्य सहित तथा दिवाकर मा. बि. ले २ रजत र ४ काश्य रहेको छ । त्यस्तै जनजीबन मा. बि. ले १ स्वर्ण, ४ रजत र ४ काश्य तथा खैरहनी मा. बि ले १ रजत र २ काश्य मात्रै जितेका छन । खेलमा जीत हासिल गरेका खेलाडीहरूलाई मेडल, प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरिएको विद्यालयका प्रध्यानाध्यापक इन्दिरा तिवारीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

ताजा समाचार