चितवन खबर पोष्ट

माडीमा दलित आयआर्जनका लागि चप्पल बनाउने, साबुन बनाउने र पञ्जेबाजा बजाउने तालिम

२० चैत, माडी । माडी नगरपालिकाले दलित समुदायको आयआर्जन तथा जीविकोपार्जन सुधार गर्ने उद्देश्यले चप्पल बनाउने, साबुन बनाउने र पञ्जेबाजा बजाउने सम्बन्धी तालिम सञ्चालन गर्ने भएको छ ।

नगरपालिकाले वडा नं. २, ६ र ७ मा स्थायी बसोबास गर्ने १८ वर्षदेखि ५५ वर्ष उमेर समूहका दलित समुदायका इच्छुक महिला तथा पुरुषलाई सो तालिम कार्यक्रममा सहभागी हुन आह्वान गरेको हो।

वडा नं. २ मा चप्पल बनाउने, वडा नं. ६ मा साबुन बनाउने र वडा नं. ७ मा पञ्जेबाजा बजाउने तालिम सञ्चालन हुने नगरपालिकाको सामाजिक विकास शाखाले जनाएको हो । कार्यक्रम अन्तर्गत विपन्न, सिमान्तकृत तथा अल्पसंख्यक दलित समुदायलाई प्राथमिकता दिइने जनाइएको छ।

रोजगारीका लागि सीप विकास गर्ने र स्वरोजगारमूलक व्यवसाय सञ्चालन गर्ने इच्छा भएका व्यक्तिहरूलाई तालिममा विशेष प्राथमिकता दिइने बताउँदै पालिकाले तालिम लिनका लागि सम्बन्धित वडा कार्यालयमा निवेदन दिनुपर्ने जनाएको छ।

तपाईको प्रतिक्रिया

ताजा समाचार