चितवन खबर पोष्ट

माडीका २ परीक्षा केन्द्रबाट ५२० जना परीक्षार्थीहरु माध्यमिक शिक्षा परीक्षामा सहभागी हुँदै

२० चैत, माडी । माध्यमिक शिक्षा परीक्षा (एस.ई.ई.) अन्तरगत माडी नगर क्षेत्रका रहेका २ वटा परीक्षा केन्द्रमा ५२० जना परीक्षार्थीहरु सहभागी हुँदैछन् । माडीमा जनकल्याण मा.वि. परीक्षा केन्द्र, कल्याणपुर र माडी मा.वि. परीक्षा केन्द्र, बसन्तपुरमा एस.ई.ई. परीक्षा सञ्चालन हुँदैछ ।

जनकल्याण मा.वि. परीक्षा केन्द्रमा माडी मा.वि.का नियमित (साधारण)तर्फका ५६ र ग्रेड बृद्धितर्फ २२, जनजीवन मा.वि. अयोध्यापुरीका नियमिततर्फबाट ५२ र ग्रेड बृद्धितर्फ ७, कृष्णनगर मा.वि.का नियमिततर्फका ३५ र ग्रेडबृद्धितर्फका २४ तथा सगरमाथा मा.वि. हनुमानझुलाका नियमिततर्फका १७ र ग्रेडबृद्धितर्फका ४ गरी कूल २१७ जना परीक्षार्थी सहभागी रहँदैछन् ।

त्यस्तै, माडी मा.वि. परीक्षा केन्द्रमा सोमेश्वर मा.वि. बरुवाका साधारणतर्फका ६६ र ग्रेडवृद्धितर्फका २३, जनकल्याण मा.वि.का साधारणतर्फका ८८ र ग्रेडबृद्धितर्फका ३, विद्याज्योति ई. बोर्डिङ स्कुलका नियमिततर्फका २१ र ग्रेडबृद्धितर्फका ४, खैरहनी मा.वि.का नियमितर्फका २० र ग्रेडबृद्धितर्फका १३ तथा दिवाकर स्मृति माध्यमिक विद्यालयका नियमिततर्फका ६० र ग्रेडबृद्धितर्फका ५ गरी कूल ३०३ जना परीक्षार्थीहरु सहभागी रहँदैछन् ।

राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने यस परीक्षामा देशभरका ५ लाख १२ हजार ४२१ जना विद्यार्थी सहभागी हुँदैछन् । तीमध्ये नियमिततर्फ चार लाख ४१ हजार ५६६ जना र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जना सहभागी रहँदैछन् । यसपटक जापानको एक परीक्षा केन्द्रबाट २३ जनाले पनि परीक्षा दिइरहेको बोर्डले जनाएको छ ।

तपाईको प्रतिक्रिया

ताजा समाचार