चितवन खबर पोष्ट

माडीको ‘हिमालचुली नेचर फार्मस्टे’ पर्यटकीय आकर्षणको केन्द्र बन्दै (ड्रोन भिडियो सहित)

१६ चैत, माडी । माडी-६, स्याउलीवासमा स्थापित ‘हिमालचुली नेचर फार्मस्टे’ले सेवा सञ्चालन गरेको ४ महिना नपुग्दै स्थानीय तथा बाह्य पर्यटकहरूको रोजाइको केन्द्रका रूपमा स्थापित हुनथालेको छ ।

गत मंसिर २९ गतेबाट औपचारिक रूपमा सञ्चालनमा आएको सो फार्मस्टेमा पुग्ने जो कोहि पाहुना (ग्राहक)ले पनि त्यहाँको कृषिमय बनावट, सजावट र सेवाप्रति सकारात्मक प्रतिक्रिया दिनेगरेका छन् ।

माडी क्षेत्रको कृषि, पर्यटन र संस्कृतिको समृद्धिलाई लक्ष्य राख्दै कृषिविद् रश्मि पण्डित र वातावरणविद् ध्रुव अधिकारीको अगुवाइमा करिब १० करोड रुपैयाँको लगानीमा फार्मस्टे निर्माण भएको हो ।

https://www.facebook.com/reel/1406455574613021

सेवा सुरू भएलगत्तै ‘आन्तरिक तथा विदेशी पर्यटकको राम्रो उपस्थिति देखिएको र पाहुनाबाट प्राप्त फिडब्याक अत्यन्तै सकारात्मक रहेको’ फार्मस्टेकी अध्यक्ष पण्डितले बताउनुभयो ।

करिब डेढ बिगाहा क्षेत्रफलमा फैलिएको फार्मस्टेमा किचन गार्डेन, फलफूल बगैँचा, टनेल खेती, माछापालन, पशुपालन र हर्बल चिया उत्पादनजस्ता गतिविधि सञ्चालनमा छन् ।

चारवटा भवनमा एकैपटक करिब ४२ जना पाहुना बस्न सक्ने व्यवस्था गरिएको र क्रमशः सेवा बिस्तार समेत भइरहेको फार्मस्टे व्यवस्थापनले जनाएको हो । (भिडियो: फार्मस्टेको ड्रोन भिडियो सुट)

तपाईको प्रतिक्रिया

ताजा समाचार