१७ चैत, माडी । माडीको बसन्तपुरस्थित पिसल्याण्ड ई. स्कुलले दैनिक स्कुल सञ्चालन समयमा १ घण्टा थप गरी बिहान १० देखि साँझ ५ बजेसम्म नियमित स्कुल सञ्चालन गर्ने भएको छ ।
विद्यालयले नयाँ व्यवस्थापन अन्तरगत आगामी शैक्षिक बर्ष २०८३ देखि दैनिक एक पिरियड थप गरी ७ घण्टा स्कुल चलाउने भएको हो । थपिएको १ घण्टाको अवधीमा विद्यार्थीहरुलाई विशेष सेसन एवं विभिन्न अतिरिक्त क्रियाकलाप सिकाइने विद्यालयका सह–प्राचार्य नारायण सुवेदीले बताउनुभयो ।
यसैबिच, पछिल्लो समय कक्षा ८ सम्म मात्र सञ्चालनमा रहेको सो विद्यालयले आगामी शैक्षिक बर्ष २०८३ देखि माध्यमिक तह पुनः सञ्चालन गर्ने भएको छ । विगतमा माध्यमिक तह सञ्चालन गरी निजी क्षेत्रको सो विद्यालयले एस.इ.ई. परीक्षामा राम्रो नतीजा समेत ल्याएको थियो ।




