१८ चैत, माडी । माडी नगरपालिकाले बिटफ्लक्स टेक्नोलोजीको प्राविधिक सहयोगमा तयार गरिएको पर्यटकीय पोर्टल “exploremadi.org” परीक्षणका रूपमा सञ्चालनमा ल्याउने निर्णय गरेको छ।
नगर कार्यपालिकाको बैठकले केही समय परीक्षण सञ्चालन गरेपछि आगामी नयाँ वर्ष बैशाख १, २०८३ देखि पोर्टललाई आधिकारिक रूपमा सञ्चालनमा ल्याइने निर्णय गरेको हो।

पोर्टलमा, माडीका पर्यटकीय सम्पदाको विश्वका विभिन्न भाषामा अनलाइन अनुवाद सहित जानकारी उपलब्ध रहेको छ । साथै, माडीभित्र रहेका घरबास (होमस्टे)हरूको विवरण, अग्रिम बुकिङ तथा अतिथिको अभिलेखसहितको व्यवस्थापन प्रणाली पनि समावेश रहेको छ।

त्यसैगरी, पर्यटन प्रवर्द्धनसम्बन्धी सामग्री, सम्पदा क्षेत्रमा द्रुत संकेत चिन्ह स्थापना, सुझाव तथा गुनासो व्यवस्थापन, डिजिटल पर्यटन नक्साङ्कनलगायतका सुविधा पनि पोर्टलमा रहने जनाइएको छ।



