२१ चैत, माडी । माडी प्रज्ञा प्रतिष्ठानका अध्यक्ष समेत रहनुभएका अग्रज पत्रकार एवं शिक्षक नारायण सापकोटा ‘हिरामती देवकोटा स्मृति पत्रकारिता पुरस्कार’बाट सम्मानित हुनुभएको छ ।
सामुदायिक रेडियो माडीको पन्ध्रौं बार्षिक साधारणसभा कार्यक्रमका अवसरमा सापकोटालाई दश हजार रुपैंया नगद र सम्मान–पत्र सहित सो सम्मान अर्पण गरिएको हो ।
हिरामती देवकोटा पत्रकारिता पुरस्कार अक्षयकोषका संस्थापक समेत रहनुभएका सामुदायिक रेडियो प्रशारक संघ (अकोराब)का बरिष्ठ उपाध्यक्ष गोविन्द देवकोटाले शिक्षक एवं पत्रकार सापकोटालाई सो सम्मान प्रदान गर्नुभएको हो ।

सापकोटाले पुरस्कार बापत पाएको रकम सोही कार्यक्रममै दिवाकर स्मृति माध्यमिक विद्यालयमा अध्ययनरत दुईजना गरीब तथा जेहेन्दार छात्रा (जेनिशा बोट र सुस्मिता दराई)का लागि छात्रवृत्तिका निम्ति हस्तान्तरण गर्ने घोषणा गर्नुभयो ।
नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व सचिव समेत रहनुभएका माडी–७, देबेन्द्रपुर गाउँ निवासी प्राज्ञ सापकोटाले विभिन्न व्यक्तिहरूको स्मृति ग्रन्थ सम्पादन र पत्रकारिता प्रशिक्षणमा विशेष योगदान दिनुभएको छ ।



