

पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माडीको विकासको लागि २०२९ सालमा बनेको निकुञ्ज ऐन नै बाधक रहेको बताउनुभएको छ ।

चितवन पर्यटन विकास समितिले भरतपुरमा सम्पन्न ‘चितवनको पर्यटन विकासमा स्थानीय सरकार तथा निजी क्षेत्रको भूमिका’ विषयक’कार्यशालामा माडी नगरपालिकाका जनप्रतिनिधिहरुको विचार सुनेपछि अध्यक्ष प्रचण्डले यस्तो धारणा राख्नुभएको हो । त्यसैगरी माडीमा सडक पु¥याउनको लागि निकुञ्जमाथि आकाशे पुल वा भूमिगत सडक आवश्यक पर्ने र कानुनको निर्माण भएपछि त्यो कुरा सम्भव रहेको उहाँको भनाई थियो ।

त्यसैगरी नेकपा अध्यक्ष प्रचण्डले समग्र चितवन जिल्लालाई सिंगापुर जस्तो पर्यटनको हब बनाउन सकिने बताउनुभएको छ । आफू भर्खरैमात्र सिंगापुरमा केही हप्ता बसी त्यहाँको विकासको बारेमा अध्ययन गर्ने अवसर पाएको जनाउँदै उहाँले भरतपुरको नगर वन हेर्दा सिंगापुरको आइसल्याण्डको मोडलमा भरतपुरको विकास गर्न सकिने विचार राख्नुभएको हो । चितवनमा जल पर्यटनको विकासबाट वार्षिक लाखौं पर्यटक भित्र्याउन सकिने उहाँको भनाई थियो ।
