

बसन्तपुर बजारका सक्रिय युवाहरुको संस्था बसन्तपुर ब्वाइजको आयोजनामा आज बुधबार देखि दोस्रो माडी नगरस्तरीय अन्तर वडा क्रिकेट प्रतियोगिता–२०७५ सुरु भएको छ । प्रतियोगिताको आज एक कार्यक्रमका बिच नगर उपप्रमुख ताराकुमारी काजी महतोले उद्धघाटन गर्नुभयो ।
उद्धघाटन
कार्यक्रमसंगै पहिलो तथा उद्धघाटन खेल माडी नगरपालिका वडा नं ६ र वडा नं ७
बिच भएकोमा वडा नं ६, १०७ रनले बिजयी भएको छ । टस जितेर पहिला ब्याटिङ
गरेको वडा नं ६ ले निर्धारीत २० ओभरको खेलमा ९ विकेट गुमाई १८४ रन बनाएको
थियो । त्यस्तै, वडा नं ६ ले दिएको १८५
रनको लक्ष्य पछ्याएको वडा नं ७, १२ ओभरमा ७७ रन बटुल्दै अलआउट भएपछि वडा नं
६ विजयी भएको हो । जीत संगै वडा नं ६ सेमिफाइनल प्रवेश गरेको छ ।
प्रतियोगिता अन्तरगत भोलि बिहीबार पहिलो खेल वडा नं १ र ८ का बिच तथा
दोस्रो खेल वडा नं ३ (ए) र वडा नं ५ बिच हुने कार्यतालिका रहेको छ ।

माडी उपत्यकाको हालसम्मकै सर्वाधीक धनराशीको पुरस्कार रहेको सो क्रिकेट प्रतियोगिता पौष २९ गतेसम्म सञ्चालित हुनेछ । युवा, खेलकुद तथा साँस्कृतिक समिति, माडी नगरपालिकाको सहयोगमा सञ्चालित साे प्रतियोगिताको प्रथम तथा दोश्रो पुरस्कार क्रमशः ३० हजार र १५ हजार नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र रहेको छ भने प्रतियोगिताको बेस्ट बलर र बेस्ट ब्याट्सम्यानलाई एक एक थान मोबाइल समेत पुरस्कार रहेको छ ।
