स्वदेशपोष्ट विशेष

रेवा त्रिवेणी क्षेत्रमा महायज्ञ तथा मकर संक्रान्ति उत्सव २०७५ सुरू

रेवा त्रिवेणी क्षेत्रलाई रेवा त्रिवेणी धामका रुपमा विकास गर्न आयोजित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ तथा मकर संक्रान्ति उत्सव २०७५ को आज बुधबार समुद्धघाटन गरिएको छ । समुद्धघाटन अन्तरगत आज बुधबार रेवा त्रिवेणी धामबाट विभिन्न झाँकीसहिताको कलश र्यालीले बुलबुले कमलकुण्ड जगन्नाथपुरी हुँदै शनिमन्दिरको क्षेत्रसंगै बजार परिक्रमा गरिएको थियो । सो कलश यात्रामा जगन्नाथपुरी, देवेन्द्रपुर र दिवानगर क्षेत्रका आमा समुहको सक्रिय सहभागिता रहेको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ तथा मकर संक्रान्ति उत्सव २०७५ मुल आयोजक समितिका संयोजक झनक प्रसाद अधिकारीले जानकारी दिनुभयो ।

यसैबिच, महायज्ञको बुधबार माडी नगरपालिका उपप्रमुख ताराकुमारी काजी महतोले एक कार्यक्रमका बिच उद्धघाटन गर्नुभयो । नगर उपप्रमुख महतोको प्रमुख आतिथ्यतामा सम्पन्न समुद्धघाटन कार्यक्रममा विशिष्ट अतिथिहरु माडी नगरपालिका अधिकृत हरिदत्त कंडेल, आचार्य युवा पण्डित सुदर्शन रहनुभएको थियो भने रेवा त्रिवेणी धामका अध्यक्ष ढाकामोहन तिमिल्सिनाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

उद्धघाटन पश्चातः स्वस्ती बाचन गरिएको थियो भने मन्दिरमा १० किलोको घण्टि दान गर्नुहुने यमनाथ आचार्य र लक्ष्मि आचार्य दम्पत्तीलाई सम्मान समेत गरिएको थियो । त्यस्तै, रेवा त्रिवेणीधाम प्रवेश गर्ने गेटको शिलन्याश समेत गरिएको छ । गेट निर्माणमा सहयोग प्रदान गर्नुहुने देवेन्द्रपुर निवासी तिलोत्तम अधिकारी र उपप्रमुख महतोद्धारा गेटको शिलन्याश गरिएको हो ।

मध्यपूर्वी माडीको दिवानगरस्थित रेवा त्रिवेणी क्षेत्रलाई रेवा त्रिवेणी धामका रुपमा विकास गरी धार्मिक एवं पर्यटकीय क्षेत्रका रुपमा चिनाउन बृहत् माघी मेलासंगै श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ तथा मकर संक्रान्ति उत्सव २०७५को आयोजना गरिएको हो । महायज्ञबाट संकलित श्रोतबाट बृद्धाश्रम र जलबाराही मन्दिर निर्माण तथा मन्दिरको भू–संरक्षण एवं मेसजालीका बनाइने योजना रहेको छ । आचार्य युवा पण्डित सुदर्शन सुवेदीद्वारा वाचन गरिने सो महायज्ञको आधिकारिक मिडिया स्वदेश एफ.एम. ९३.२ मेगाहर्ज रहेको छ ।

तपाईको प्रतिक्रिया

ताजा समाचार