कतार जेलमा थुनिन बाध्य हुनुपरेका माडीका एक युवा बिनोद रानाभाट को उद्धारको लागि आज बुधबार बिनोद रानाभाट रिहाइ उद्धार समिति गठन गरिएको छ । घनश्याम भण्डारीको अध्यक्षतामा बसेको बृहत भेलाले रानाभाटमा उद्धारको पहलका लागि ९ सदस्यीय समिति गठन गरेको छ । समितिको संयोजकमा कृष्णबहादुर रानाभाट रहनुभएको छ भने कोषाध्यक्षमा भिम बहादुर क्षेत्री, सचिबमा केशब रानाभाट रहनुभएको छ । त्यस्तै, सदस्यहरुमा फणिन्द्र दवाडी, गंगाराम रानाभाट, ढाकामोहन रानाभाट, डोलनाथ आचार्य, तारानाथ गौतम र देवअन्जान शाह रहनुभएको बिनोद रानाभाट रिहाइ उद्धार समितिका सदस्य गंगाराम रानाभाटले स्वदेश एफ.एमलाई जानकारी दिनुभयो । माडी नगरपालि ७ स्थित कृतनपुरमा बसेको नवगठित समितिको बैठकले रानाभाटको उद्धारको लागि सम्बन्धित निकायमा पहल गर्ने, समितिको कोषमा रहने गरि बैंक खाता सञ्चालनमा ल्याउने लगायतको निर्णय समेत गरेको छ ।
बैदेशिक रोजगारीका लागि जनरल क्लिनरको पदमा कामका लागि करीब ३ बर्षअघि कतार पुग्नुभएका माडी नगरपालिका वडा नं. ७, कीर्तनपुर निवासी विनोद रानाभाट कतारस्थित ओक्रा जेलमा थुनिनुपरेको हो ।
बैदेशिक रोजगारीमा रहँदा सम्झौता अनुसारको काम गरिरहनुभएका रानाभाटलाई भारतीय कामदारको आक्रमण गरेकोमा ज्यानको सुरक्षाका लागि प्रतिकार गर्दा भारत सनैयाका अर्का कामदारको मृत्यु हुन पुगेको थियो । कतारस्थित अल ग्रुप क्लीनिङ कम्पनीमा जनरल क्लिन वर्कर पदमा काम गरिरहनुभएका उहाँलाई घटना लगत्तै कतार पुलिसले पक्राउ गरी ओक्रा जेलमा राखी मुद्धा चलाएको थियो । मुद्धाको फैसला अनुसार रानाभाटले भारतीय कामदारको परिवारलाई ब्लड मनीका रुपमा २ लाख ६० हजार कतारी रियल अर्थात नेपाली करीब ८२ लाख रुपैयाँ बुझाउनुपर्ने भएको उहाँको परिवार श्रोतले स्वदेश एफ.एम.लाई जानकारी दिएको छ ।




