फेसबुकमा अपशव्द लेखेको अभियोगमा माडीका एक युवा व्यवसायी पक्राउ

114
SwadeshPost

फेसबुकमार्फत अपशव्द लेखेको अभियोगमा प्रहरीले माडीका एक युवा व्यवसायीलाई पक्राउ गरेको छ ।

यातायात व्यवसायी समेत रहेका माडीका युवा अर्बिन गुरुङलाई सामाजिक सञ्जालमार्फत नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, भरतपुर महानगरपालिकाकी नगर प्रमुख रेणु दाहाल र चितवनका प्रहरी प्रमुख दानबहादुर मल्ललाई अपशब्द प्रयोग गरी गालीगलैज गरेको अभियोगमा पक्राउ गरिएको हो । दुईवटा छुट्टाछुट्टै स्टाटसमार्फत गुरुङले पत्रकार रवि लामिछानेको समर्थन गर्दै प्रचण्ड, रेणु र मल्लविरुद्ध अपशव्द लेखेका थिए ।

स्टाटस पोष्ट भएलगत्तै गुरुङसंग फेसबुकमा जोडिएकाहरुले स्टाटसमा प्रयोग भएको भाषाप्रति नकारात्मक टिप्पणी गरेका थिए । चौतर्फी आलोचना भएसंगै दुबै स्टाटसहरु हटाइएका थिए । पक्राउ परेका गुरुङलाई साइबर क्राइम वा अभद्र व्यवहार सम्बन्धी मुद्धा चलाईने जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

SwadeshPost