वास कार्यक्रम सञ्चालनमा रहेका माडी विद्यालयहरुको अनुगमन सम्पन्न

595
SwadeshPost

शिक्षा विकास तथा समन्वय इकाई र युनिसेफले सञ्चालन गरिरहेको वास कार्यक्रम अन्तरगत विहीबार माडी नगरपालिकाभित्रका विद्यालयहरुको शैक्षिक गुणस्तर विकासका लागि अनुगमन गरिएको छ । माडी नगरपालिका भित्र रहेका २० वटा विद्यालयहरुमा सो परियोजना सञ्चालनमा रहेको छ । विहिबार माडीका पाण्डवनगर, सेरुवा, खैरहनी र सिखारीपुर स्थित विद्यालयहरुमा अनुगमन गरिएको हो । कार्यक्रममा नगर उपप्रमुख ताराकुमारी काजी महतो, माडी नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत रविशंकर शाह, जिल्ला शिक्षा समन्वय इकाईका संयोजक दिपेन्द्र सुवेदी, दलित समन्वय समिति जिल्ला अध्यक्ष कृष्ण परियार लगायत युनिसेफका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

अनुगनमपश्चात माडी नगरपालिकामा सञ्चालित छलफलमा वास कार्यक्रम अन्तर्गत खानेपानी तथा सरसफाईमा अधिकांश विद्यालयले सुधार गर्दै गइरहेको, शौचालयको सफाई अधिकांश सबै विद्यालयमा राम्रो रहेको, केही विद्यालय वरपर बाक्लो काँस भएको र यसका कारण विद्यार्थीको सुरक्षामा असर पर्नसक्ने भएकोले तुरुन्त काँसघारी सफा गर्न विद्यालयलाई माडी नगरपालिकाले निर्देशन गर्ने र विपद वा आपतकालीन अवस्थामा विद्यार्थीहरुलाई पहिलो प्राथमिकतामा राखी सहयोग गर्न समन्वय र सहकार्य गर्ने निचोड निकालिएको माडी नगरपालिकाका सुचना प्रविधी अधिकृत प्रविण भण्डारीले स्वदेश एफ. एम.लाई जानकारी दिनुभयो । अनुगमन पश्चात परियोजनाको कार्यान्वयन प्रभावकारी रहेको भन्दै यसलाई निरन्तरता दिनेमा युनिसेफ सकरात्मक रहेको बताइएको छ ।

SwadeshPost